यो साता नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंकको शेयर मूल्य यो साता नेप्सेमा समायोजन भएको हो । 

साधना लघुवित्त वित्तीय संस्था लिमिटेड
साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो । 

लघुवित्तको २५ प्रतिशत बोनस शेयर समायोजन भएको हो । समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ४१५ रुपैयाँ कायम भएको छ । नेप्सेले अघिल्लो दिनको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

सांग्रिला डेभलपमेन्ट बैंक
सांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेले यस दिन बैंकको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।समायोजनपश्चात बैंकको मूल्य ३३४ रुपैयाँ ५५ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो दिनको अन्तिम कारोबार मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया