काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको दश बुँदे कार्यदलबाट आज लिखित राजीनामा दिने बताएका छन् । उनले हिजो बसेको पार्टी स्थायी समितिको बैठकमा मौखिक जानकारी गराउँदै आज लिखित राजीनामा बुझाउने बताएका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीले दश बुँदे सहमति कार्यान्वयनमा आलटाल गरेकाले राजीनामा दिन बाध्य भएको उहाँले उल्लेख गरेका हुन् । राजीनामाको प्रसंगसँगै रावलले राजनीतिमा भोलि के हुन्छ भनेर अहिले नै भन्न नसकिने बताउँदै केही परसम्मको संकेत गरेका छन् ।
उता पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने रावलको राजीनामाबारे केही पनि चर्चा नगरी बैठकले महाधिवेशनस्थल बुटवलबाट चितवन सार्ने र महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान गराउने निर्णय भएको जानकारी दिएका छन् ।
बैठकले ठुस्किएर बैठकमा नगई बसेका पूर्व माओवादी प्रभू साहको मागबमोजिम उनकै जिल्ला रौतहटका कुन्दन कुसवाहा र बाराका मोहम्मद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।
प्रतिक्रिया