काठमाडौं - नेपालले ‘आबुधावी डायलक’ मा नेपालले नेपाली कामदारको पारिश्रमिकमा भईरहेको भेदभाव र उनीहरूको सामाजिक सुरक्षाका विषय उठाउने भएको छ ।
युएईको राजधानी आबुधावीमा हुने मन्त्रीस्तरिय बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागि हुन लागेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले उक्त जानकारी दिएका हुन् ।
अक्टोबर २५ तारिखदेखि हुने मन्त्रीस्तरिय बैठकमा नेपालको तर्फबाट मन्त्री श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय टोलीले भाग लिदैंछ । टोली आईतवार अपरान्ह त्यसतर्फ प्रस्थान गर्ने तयारी छ ।
युएई प्रस्थानको पूर्वसन्ध्यामा वैदेशिक रोजगार पत्रकार समाजसंगको भेटमा मन्त्री श्रेष्ठले समकक्षी विदेशी कामदारको तुलनामा नेपाली कामदारले समान काम गरे पनि पाउने पारिश्रमिकमा विभेद रहेको बताउंदैै उक्त नीति परिवर्तन गरि पारिश्रमिकमा समानता कायम गराउने विषयमाथि जोड दिने बताए ।
प्रतिक्रिया