साउथ सुपरस्टार महेश बाबूको प्रेमकथा, पहिलो भेटमै प्रेममा !

४ बर्ष अगाडि

काठमाडौं, साउथ सुपरस्टार महेश बाबू र उनकी श्रीमती नम्रता शिरोडकरको प्रेमकथा एकदमै रोचक रहेको छ ।  पहिलो भेटमा नै नम्रताको प्रेममा डुबेका थिए, महेश बाबू ।
 
२००५ फेब्रअरी १० मा उनीहरु विवाह बन्धनमा बाँधिएका थिए । 

बलिउड डेब्यूपछि जब नम्रता शिरोडकरले साउथ फिल्म इन्डस्ट्रीमा पाइला अगाडि बढाइन् तब उनले पहिलो फिल्म नै महेश बाबूको साथमा साइन गरेकी थिइन् । त्यो फिल्म थियो, ‘वामसी’ । यही फिल्मको मुहूर्त समारोहमा उनीहरुबीच पहिलो पटक भेटघाट र चिनजान भएको थियो । नम्रताले सन् १९९९ मा रिलिज भएको फिल्म ‘कच्चे धागे’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् ।
 
महेश बाबूले नम्रतासँगको आफ्नो प्रेम सबैभन्दा पहिला दिदीलाई भनेका थिए । यसपछि नै उनीहरुको विवाहको तयारी सुरु भएको थियो । तर, उनीहरुले विवाह गर्नुभन्दा अगाडिसम्म आफूहरुको प्रेमलाई मिडियाबाट लुकाएर राखेका थिए ।
 
नम्रता शिरोडकरले जब महेश बाबूसँग विवाह गरिन् तब उनले फिल्मी करिअर छाड्ने फैसला गरिन् । विवाहपछि उनले फिल्ममा

४ बर्ष अगाडि

प्रतिक्रिया