दुबईमा १ सय महिलासहित ३५० कामदारको माग, मासिक तलब र सुविधा के के ?

४ बर्ष अगाडि

काठमाडौं, दुबईको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । दुबईको Saned Facility Management LLC   कम्पनीले १०० जना महिलासहित ३५० जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्न सहित ३५ हजार माथि देखि ५१ हजार माथि पाउनेछन् । इच्छुक कामदारले अल जराफा ह्यूमन रिसोर्स कन्सल्टेन्ट प्रालीको कार्यालय सिनांमगल काठमाडौंमा कार्तिक १२ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया