अपि पावरले हकप्रद सेयर बिक्रीको अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड, कित्ता कति ?

४ बर्ष अगाडि

काठमाडौं,  अपि पावर कम्पनीले पुनः हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले ३९.३६ प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको हो । कम्पनीले १ः०.३९.३६ अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो । 

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।
 
यसअघि, कम्पनीले गत जेठ २० देखि असार १३ गतेसम्म ५६ लाख ७० हजार कित्ता (२९ प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस्तै, कम्पनीले गत वर्षको कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म पनि ५६ लाख ७० हजार कित्ता (४७ प्रतिशत)  हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया