काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ७ सय ८ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ३ सय ७६ जनामा गरिएको पिसिआर र एन्टिजेन परिक्षणमा ७ सय ८ जना संक्रमित थपिएका हुन् ।
सोही अविधमा ११ जना संक्रमितको मृत्यु भएको छ ।
यस्तै शुक्रबार ९ सय ३२ जना संक्रमितले कोरोनालाई जितेका छन् भने हाल देशभर १० हजार ९ सय ४६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ
प्रतिक्रिया