आईपीओ निष्कासनको तयारीमा आदर्श लघुवित्त, कस्तो छ वित्तिय अवस्था ?

४ बर्ष अगाडि

काठमाडौं, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । 

कम्पनीले रू.६० लाख बराबरको ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।

विक्री प्रबन्धकमा बि.ओ.के क्यापिटल लिमिटेड रहेको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ करोड ४० लाख रहेको छ । आईपीओ निष्कासन तथा बाँडफाँट पश्चात पूँजी रू. २ करोड पुग्नेछ । 

कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. १० लाख ५ हजार नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. १० लाख १७ हजार नाफा कमाएको थियो । 

त्यसैगरी गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडा कोषमा रू। ६३ लाख ८६ हजार सञ्चित गरेको थियो । 

अघिल्लो आवमा रू. १ करोड ३१ लाख ८९ हजार खुद ब्याज आम्दानी गरेको उक्त कम्पनीले गत आवमा वृद्धि गरेर रू. १ करोड ५३ लाख कमाएको छ । त्यसैगरी कम्पनीको सञ्चालन नाफा पनि वृद्धि भएको छ । कम्पनीको अघिल्लो आवमा रू. १२ लाख १० हजार सञ्चालन नाफा रहेकोमा गत आवमा वृद्धि भएर रू. १५ लाख ३० हजार पुगेको हो । कम्पनीको केन्द्रीय कार्यालय बनेपा काभे्रपलाञ्चोकमा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया