काठमाडौं, नेपाल फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।
कम्पनीले ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले १:०.७० को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ७० प्रतिशतले हुन आउने ३४ करोड ५४ लाख ४७ हजार ४ सय २७ रूपैयाँ बराबरको ३४ लाख ५४ हजार ४ सय ७४ कित्ता हकप्रद सेयर निष्कासन गर्न कार्तिक १ गते सेबोनमा निवेदन पेश गरेको हो ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
प्रतिक्रिया