दमौली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले वाईडवडि काण्ड लुकाउनका लागि छानविन समिति बनाएको आरोप लगाउनुभएको छ ।
तनहुँको दुलेषौडामा आयोजित कार्यक्रममा बोल्दै पौडेलले संसदले छानविन गरिरहेको अवस्थामा सरकारले छानविन समिति बनाएर ढाकछोप गर्न लागेको बताउनुभयो ।
उहाँ प्रधानमन्त्रीले लेखा समिति अन्तरगतको उपसमितिको अपमान गरेको समेत बताउनुभयो ।
उहाँले राजनीतिका लागि मात्र नेताहरू तीनतिर हुने तर ठूला ठूला काण्डमा संगै हुने त हाईनन् भनी शंका व्यक्त गर्नु भयो ।
पौडेलले महासमिति पछि देशभर पार्टी एक भएको सन्देश गएको बेलामा फेरि पार्टीमा लफडाको तयारीमा लागेको बताउनुभयो ।
प्रतिक्रिया