काठमाडौं - स्रोत नखुलेको १८ लाख नगद र सुन जस्तो देखिने धातु सहित २ जना पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका–२ स्थित रत्न रोडबाट स्रोत नखुलेको उक्त नगद र बिल भरपाई बिनाको करिब २ सय ५८ ग्राम ३ सय २० मिलिग्राम सुनजस्तो देखिने ५ थान बाला सहित उनीहरुलाई पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१५ सगरमाथा लाईन बस्ने ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका–२ बस्ने ३४ वर्षीय चन्द्र प्रसाद श्रेष्ठ रहेका छन् ।
प्रतिक्रिया