काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले गृह प्रदेश सुदूरपश्चिम पुगेर अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कुनै पनि हालतमा पास हुने बताएका छन् ।
परियोजना पास हुनुपर्ने बताउँदै आएका देउवाले पुनः बाढी र पहिरोले पुर्याएको क्षति अवलोकन गर्न सुदूरपश्चिम आएका बेला यस्तो बताएका हुन् ।
धनगढीमा आज (शुक्रबार) प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसिसी अनुदान परियोजना भएको र परियोजना लागू भएपनि नेपालको कानुनमातहत नै हुने दाबी गरेका छन् ।
बाढी र पहिरोको क्षति अवलोकन गर्न प्रधानमन्त्री गृहप्रदेश सुदूरपश्चिम पुगेका हुन्। देउवा आजै काठमाडौं फर्किने कार्यक्रम रहेको बताइएको छ ।
प्रतिक्रिया