काठमाडौं ,सेन्चुरी बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् ।
यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले शुक्रबार कात्तिक ५ गतेबाट ३५ दिन भित्र निवेदन दिनुपर्नेछ ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले सेन्चुरी बैंकको प्रधान कार्यालय पुतलीसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया