काठमाडौं - शिवम् सिमेन्ट लिमिटेडले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कार्तिक ८ गते एक दिन बुकक्लोज गर्ने भएको छ । त्यसैले कार्तिक ७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम हुने शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीको छैठौँ वार्षिक साधारण सभा कार्तिक १६ गते, मंगलबार होटल सोल्टी, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । कम्पनीले २९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/०७८ को मुनाफा रकम समेतबाट शेयरधनीहरूलाइ चुक्ता पूँजी ४ अर्ब ४० करोड रूपैयाँको २९ प्रतिशतका दरले हुन आउने एक अर्ब २७ करोड ६० लाख रूपैयाँ करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रतिक्रिया