काठमाडौं, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यसअघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ ।
कम्पनीले कुल ५० प्रतिशत लाभांशलाई नघटाई संशोधन गरेको हो । यसअघि कम्पनीको असोज २२ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७र ७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
उक्त प्रस्तावलाई कम्पनीको कात्तिक ५ गतेको सञ्चालक समितिको बैठकले संशोधन गर्दै ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २.५ प्रतिशत नगद लाभाश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले बोनस शेयरमा जोड दिंदै लाभांश संशोधन गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड रहेको छ ।
सोही पूँजीको आधारमा ५० प्रतिशत लाभांश यस वर्ष कम्पनीले वितरण गर्न लागेको हो ।
प्रतिक्रिया