फेरि बदली र वर्षा, प्रदेश १ मा ६२ जनाको मृत्यु हुँदा १३ जना बेपत्ता

४ बर्ष अगाडि

काठमाडौं - हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश नं १ र बागमती प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पानि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ ।

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

राजधानी काठमाडौँ उपत्यकामा आज बिहानैदेखि बदली रहेको छ । बदलीका कारण उपत्यकामा केही चिसो महसुस गरिएको छ । काठमाडौँको अधिकतम २८ दशमलव पाँच र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ ।

यस्तै प्रदेश १ मा बाढी-पहिरोका कारण ६२ जनाको मृत्यु भएको छ । बेमौसमी वर्षापछि केही दिनअघि गएको बाढी-पहिरोमा परी २० जना घाइते भएका छन्। १३ जना बेपत्ता भएको छन्  ।

प्रदेश १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार बाढीले सयौं घर डुबानमा परेका छन् । बाढी-पहिरोले सबैभन्दा बढी पाँचथरमा मानवीय क्षति भएको छ । प्रवक्ता राईका अनुसार कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा पहिरोले घर पुरिँदा २८ जनाको मृत्यु, १० जना घाइते र ६ जना बेपत्ता भएका छन् ।

यसैगरी इलाममा १४ जनाको मृत्यु‚ पाँच जना घाइते र एक जना बेपत्ता भएका छन् । इलामको फाकफोकथुम गाउँपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा बाढी-पहिरोले मानवीय क्षति पुर्‍याएको हो ।

यस्तै‚ धनकुटाको चौबिसे गाउँपालिकामा बाढी-पहिरोका कारण सातजनाको मृत्यु र पाँचजना घाइते भएका छन् । सुनसरीको धरान उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा आठजनाको मृत्यु र तीनजना बेपत्ता भएका छन् ।

बाढीका कारण मोरङको विराटनगर महानगरपालिका(१२ मा एक‚ भोजपुरको राम प्रसाद राई गाउँपालिका-६ एक तथा उदयपुरको त्रियुगा नगरपालिका र उदयपुरगढी गाउँपालिकामा बाढीका कारण एकरउक जनाको मृत्यु भएको प्रवक्ता राईले जनाकारी दिए ।

बाढी कारण सयौं घर डुबानमा पर्दा चार हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । प्रवक्ता राईका अनुसार प्रदेशमा पाँच हजार ९५ जना प्रहरी जनशक्ति उद्धार कार्यमा परिचालन भएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया