काठमाडौं- न्यादि हाइड्रोपावर लिमिटेडको आईपीओ कात्तिक ५ गते शुक्रबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो।
क्यापिटलका अनुसार २ लाख ९ हजार २५० जनाले कम्पनीको शेयर प्राप्त गरेका छन्।
कम्पनीले असोज १५ गते देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्कासनमा भएको थियो ।
निष्कासनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो ।
सो शेयरमा कुल २२ लाख ५५ हजार ८४ जनाले २ अर्ब ७० करोड ८९ लाख १५ हजार रूपैयाँ बराबरको शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये १० हजार ४४२ आवेदन रद्द भएका छन् भने ३ हजार ५०४ सि(आस्वाले अस्वीकृत गरेको छ। स्वीकृत भएका २२ लाख ४१ हजार १३८ जनामा सो शेयर बाँडफाँट गरिएको हो।
प्रतिक्रिया