अपि पावर र नेपाल फाइनान्स हकप्रदको निष्काशन गर्ने माग गर्दै पुगे बोर्ड

४ बर्ष अगाडि

काठमाडौं - अपि पावर कम्पनी र नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएका छन् । 

दुई कम्पनीले एक अर्ब ४३ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासनको अनुमति माग गर्दै पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । बोर्डका अनुसार अपि पावरले असोज २५ गते र नेपाल फाइनान्सले कात्तिक १ गते अनुमति मागेको हो ।

अपि पावरले १ बराबर ०.३९३६ अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता र नेपाल फाइनान्सले १ बराबर ०.७० को अनुपातमा ३४ करोड ५४ लाख ४७ हजार ४२८ रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४७४.२८ कित्ता हकप्रद निष्काशनको माग गरेको छ ।

धितोपत्र बोर्डबाट अनुमति पाएपछि मात्र दुबै कम्पनीले लगानीकर्तालाई हकप्रद बिक्री गर्नेछन् । अपि पावरको कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड र नेपाल फाइनान्सको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया