मंगलबार एक हजार ९६ मा कोरोना पुष्टि, १२ को मृत्यु

४ बर्ष अगाडि

काठमाडौं - मंगलबार देशभर एक हजार ९६ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ९ सय १६ जनामा गरिएको पिसिआर र एन्टिजेन परिक्षणमा एक हजार ९६ जना संक्रमित थपिएका हुन् । 

सोही अविधमा १२ जना संक्रमितको मृत्यु भएको छ । यस्तै मंगलबार एक हजार ४ जना संक्रमितले कोरोनालाई जितेका छन् भने हाल देशभर ११ हजार ८ सय १५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख  छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया