काठमाडौं - आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।
लघुवित्तको यस दिन २५ प्रतिशत बोनस शेयर समायोजन भएको हो । समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ४१५ रुपैयाँ कायम भएको छ ।
नेप्सेले अघिल्लो दिनको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात मंगलबार लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ७६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
प्रतिक्रिया