बीमा समितिको सञ्चालक किरण कुमार श्रेष्ठले राजीनामा दिएका छन् ।
बीमितको तर्फबाट बीमा समितिको सञ्चालक बनेका राष्ट्रिय वाणिज्य बैङ्कका सिइओ किरण कुमार श्रेष्ठले अर्थ मन्त्रालयलाई राजीनामा बुझाएका हुन्।
उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले डेढ वर्षअघि बीमा समितिको सञ्चालक नियुक्त गरेको थियो । उनले वाणिज्य बैङ्कको सीईओको साथै अन्य क्षेत्रमा पनि संग्लग्न रहेकाले व्यस्तताका कारण राजीनामा दिएको बताएका छन् । ्
तर ओली सरकारका नियुक्ति हटाउँदै आएको देउवा सरकारको दवावकै कारण श्रेष्ठले राजीनामा दिएको बताइन्छ ।
हाल बजारमा अझै आधा दर्जन नयाँ बीमा कम्पनीहरूलाई लाइसेन्स दिने चर्चा चलेको छ । सरकारलाई सो काममा सहजताका लागि उनको राजीनामा मागिएको बताइन्छ ।
श्रेष्ठले दशैं अघि नै राजीनामा दिएपनि राजीनामा स्विकृति भएको जानकारी बीमा समितिमा भने नपुगेको बताइएको छ ।
प्रतिक्रिया