देउराली लघुवित्त आरम्भ चौतारीमा गाभिने, यस्तो छ राष्ट्र बैंकको अन्तिम स्वीकृति

४ बर्ष अगाडि

आरम्भ चौतारी लघुवित्तले देउराली लघुवित्तलाई आफूमा समाहित गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले देउरालीलाई गाभ्न आरम्भलाई अन्तिम स्वीकृति दिएको हो । 

देउरालीलाई १ः०.८४ सेयर स्वाप अनुपातमा एक्वायर गर्न आरम्भ चौतारीलाई सोमबार (कात्तिक १ गते) केन्द्रीय बैंकले अन्तिम स्वीकृति दिएको हो । 

बुटवलबाट शुरु भएको चौतारी लघुवित्त अहिले आरम्भ चौतारी लघुवित्त वित्तीय बनेको हो । सो संस्थाको केन्द्रीय कार्यालय बनेपामा रहेको छ । प्राप्ती पछि अब आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकै नामबाट एकीकृत कारोबार हुनेछ भने केन्द्रीय कार्यालय बनेपामा रहनेछ । 

अब केहिदिनपछि बुटवलमा एक कार्यक्रमकाबिच एकिकृत कारोबार शुभारम्भ गरिने आरम्भ चौतारीका अध्यक्ष जगत पोखरेलले बताए ।

‘घ’ वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाका रुपमा देशभर कार्यक्षेत्र रहने गरी संस्थाले वित्तीय सेवा प्रदान गरिरहेकोे उनले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया