साताको तेस्रो दिन पनि शेयर बजार नेप्से परिसूचक ७७ दशमलव ३३ अंकले घटेको छ । मंगलबार नेप्से घटेर २ हजार ५ सय १० दशमलव ७३ अंकमा झरेको हो ।
मंगलबार दिउँसो १०७ अंकसम्म घटेको नेप्से परिसूचक पछि थामिएको बजार अन्तमा ७७ अंकले घटेर बन्द भएको हो ।
कारोबार भएका सबै समूहका सूचक घट्दा फाइनान्स समूह सबैभन्दा बढी घटेको छ । कारोबारका हिसाबले ११ करोड रुपैयाँभन्दा बढी कारोबार गर्दै नबिल बैंक अग्रस्थानमा रहेको छ ।
नेप्से परिसूचक घटे पनि मंगलबार केही कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

बैंकहरुले ब्याजदर बढाउन थालेपछि त्यसको नकारात्मक प्रभाव स्वरुप सेयर बजार घटेको विश्लेषकहरु बताउँछन् । कात्तिक १ गतेबाट लागू हुने गरी बैंकहरुले निक्षेपको ब्याजदर बढाएपछि सर्वसाधारण लगानीकर्ता सेयर बजारमा भन्दा मुद्धतीमा पैसा राख्न लालयीत भएको उनीहरुले बुझाई छ ।
बैंकहरुमा लगानीयोग्य पुँजीको तरलताको चरम अभाव भएपछि बैंकहरुले त्यसैलाई कारण देखाएर ब्याजदर बढाएका छन् । त्यसको मार सेयर बजारका लगानीकर्ता र उद्यमी व्यवसायीहरु परेका छन् ।
राष्ट्रबैंकले एक व्यक्तिले १२ करोड रुपैयाँभन्दा बढी सेयर धितो कर्जा लिन नपाइने नीति ल्याएपछि लगातार घट्दै गएको सेयर बजार २ महिनामा झन्डै ७ सय अंकले तल झरेको छ । लगानीकर्ताले खरबौं रुपैयाँ सम्पति गुमाएका छन् ।
प्रतिक्रिया