यात्रा गर्दै हुनुहुन्छ ? ख्याल गर्नुस यी चार राजमार्ग अबरुद्ध छन्

४ बर्ष अगाडि

बाढी–पहिरोले गर्दा देशका चार राजमार्ग अबरुद्ध भएका छन् । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले गण्डकी प्रदेशमा १ र सुदुरपश्चिममा ३ राजमार्ग अबरुद्ध भएको जनाएको छ । 

गण्डकी प्रदेशमा म्याग्दीको बेनी गाउँपालिका–४ घुमाउनीभिरमा सडक हिलाम्य हुँदा बेनी–मुस्ताङ राजमार्ग अवरुद्ध भएको केन्द्रले जनाएको छ । 

यस्तै सुदूरपश्चिमको कैलालीको चुरे गाउँपालिका–५ भासुभिरमा पहिरो जाँदा भिमदत्त राजमार्ग अवरुद्ध भएको छ । राजमार्गमा पहिरो खसेका कारण सोमबारदेखि उक्त राजमार्ग अवरुद्ध भएको हो ।

यस्तै डोटीको जोरायल गाउँपालिका–१ मा पहिरो खस्दा भिमदत्त राजमार्ग सोमबारदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ ।

यस्तै अछामको चौपाटी गाउँपालिका–६ दुनीभावरमा खसेको पहिरोले चौखुटे अछाम बाजुरा सडक खण्ड सोमबारदेखि अवरुद्ध भएको छ ।

बाढीका कारण बझाङको केदारस्यूँ गाउँपालिका–१ नाडीगौडास्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया