काठमाडौं - साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको साढे दुई घण्टाको अवधिमा लक्ष्मी इक्विटी फण्ड सहित ५ ओटा कम्पनीमा उच्च खरीद माग रहेको छ ।
कारोबारमा आएका २१७ ओटा कम्पनी मध्ये पाँच ओटा कम्पनीमा उच्च खरीद माग रहेको छ । लक्ष्मी इक्विटी फण्ड, ग्लोबल आइएमई समुन्नत स्किम १, मेगा बैंक, लक्ष्मी उन्नति कोष, र सानिमा इक्विटी फण्डको कम्पनीमा उच्च खरीद माग रहेको हो ।
ती पाँच ओटा कम्पनी मध्ये सबैभन्दा बढी लक्ष्मी इक्विटी फण्डको ५ लाख ९१ हजार २१० इकाई खरीद माग रहेको छ । त्यसैगरी, ग्लोबल आइएमई समुन्नत स्किम १ को ३ लाख ९८ हजार १४५ इकाई, मेगा बैंकको २ लाख ६१ हजार ९७५ कित्ता, लक्ष्मी उन्नति कोषको १ लाख ९९ हजार ८७२ इकाई र सानिमा इक्विटी फण्डको १ लाख ६९ हजार २०० इकाई खरीद माग रहेको हो ।
यस अवधिमा नेप्से परिसूचक ७०.५१ अंक अर्थात् २.६५ प्रतिशतले घटेर २ हजार ५८६.४५ विन्दुमा पुगेको छ ।
प्रतिक्रिया