काठमाडौं - साताको दोस्रो कारोबार दिन सोमवार शुरुदेखि नै शेयर बजार ओरालो लागिरहेको छ ।
आज अपरान्ह २ बजेर ४० मिनेट सम्ममा शेयर कारोबार मापक नेप्से परिसूचक ७१.२० अंकले घटेर नेप्से परिसूचक २ हजार ५८५.७६ अंकमा आइपुगेको छ ।
अघिल्लो दिन आइतवार करीब साढे १७ अंकले बढेर नेप्से परिसूचक २ हजार ६५७ अंकमा पुगेर बन्द भएको थियो । पछिल्लो समयमा गिरावटको दरमा तीव्रता आएको देखिन्छ ।
उक्त अवधिसम्ममा २ अर्ब ४० करोड ५० लाख रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको छ ।
प्रतिक्रिया