घट्यो बुद्ध एयरको भाडादर, कहाँ जान कति ?

४ बर्ष अगाडि

काठमाडौं - बुद्ध एयरले विदेशी पर्यटकका लागि ‘डलर भाडादर’ घटाएको छ । २४ औं वार्षिकोत्सवको अवसरमा करिब आधाप्रतिशत भाडा घटाएको कम्पनीले बताएको छ । 

नयाँ भाडादर सन् २०२२  जनवरी देखि लागू हुनेछ । नेपालमा हवाई यात्रा गर्दा भारतीय बाहेक विदेशी यात्रुले डलरमा भाडा तिर्नुपर्ने प्रावधान छ । 

यस अघि पोखराका लागि १०६ अमेरिकी डलर भाडा रहेकोमा २०२२ जनवरीदखि ६५ अमेरिकी डलरमा झारिएको एयरले जानकारी दिएको छ । 

यस्तो छ घटाइएको एकतर्फी डलर भाडादरः
काठमाडौं-पोखरा ६५ डलर, काठमाडौं-विराटनगर ७६ डलर, काठमाडौं-जनकपुर ४२ डलर, काठमाडौं-सिमरा ३० डलर, काठमाडौं-भैरहवा ६५ डलर, काठमाडौं-धनगढी १३८ डलर, काठमाडौं-नेपालगञ्ज १०२ डलर, काठमाडौं-भद्रपुर ४९४ डलर । 

४ बर्ष अगाडि

प्रतिक्रिया