माग भन्दा १४.०८ गुणा धेरै आवेदन परेको न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँड यसै साता, प्री-अलोटमेन्ट भोलि

४ बर्ष अगाडि

काठमाडौं - न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले असोज १५ गतेदेखि असोज १९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड यसै साताभित्र हुने भएको छ । 

क्यापिटलका अनुसार उक्त आईपीओको प्री(अलोटमेन्ट भोलि बिहान १० बजे क्यापिटलकै कार्यालयमा गर्ने तयारी गरिएको छ । भोलि प्री-अलोटमेन्टको काम सम्पन्न गरी यसै साताभित्र बाँडफाँड गरिने क्यापिटलले जनाएको छ । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ५५ अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष, २५ अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

अन्तिम दिन मंगलबार साँझसम्ममा २३ लाख ५७ हजार १ सय ६६ जना आवेदकहरूले २ करोड ९४ लाख ७७ हजार ६ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा १४.०८ गुणा धेरै हो ।  

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोदाप्रथाबाट बाँडफाँड गरिनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा २ लाख ९ हजार २ सय ५० जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पार्नेछन् । बाँकी २१ लाख ४७ हजार जना आवेदकको भने हात खाली हुनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया