बुटवल । प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरी बोरामा बाँधेर अर्घाखाची जिल्लाको डिभनार्को जङ्गलमा फाल्ने श्रीमती र उनका प्रेमीलाई जन्म कैदको फैसला सुनाएको छ। माइती घरमा आएको समयमा श्रीमानको हत्या गर्ने कपिलवस्तुकी राधा घर्ती र उनका प्रेमी रमेश विकलाई जिल्ला अदालत अर्घाखाँचीले जन्म कैदको फैसला सुनाएको हो।
त्यस्तै घटनामा संलग्न राधाकी आमा बसुन्धरा बस्याललाई ५० हजार जरिवानाको फैसला सुनाएको छ।राधाका श्रीमान धनबहादुर घर्तीको गत भदौ १८ गते सोमबार सन्धिखर्क नगरपालिका(१२ बस्यालटोल नजिकै बोरामा फालेको अवस्थामा शव भेटिएको थियो।
सन्धिखर्क(१२ बस्याल टोलाको चिलीयाथुम खोल्सामा भेटिएको शव कपिलबस्तु वाणगंगा नगरपालिका(७ धैरेनीडाँडाका ३६ वर्षीय धनबहादुर घर्ती मगरको रहेको पुष्टी भएको थियो।
घटनाका अभियुक्त रमेश विक र राधा घर्तीबीच विगत ८ वर्षदेखि प्रेममा रहेको र विवाह गरी घरजम गराउने उदेश्यका साथ नियोजित ढंगबाट धनबहादुरको हत्या गरेको प्रहरीसमक्ष उनीहरुले बयान दिएका थिए।
कपिलवस्तु बाँणगंगा ७ धैरेनीडाँडा निबासी ३३ वर्षीया राधा घर्तिमगरका श्रीमान ३६ वर्षीय धनबहादुर घर्तिमगर कामको सिलसिलामा बागलुङ गएका थिए। त्यहि मौका छोपी भदौ १० गते राधाका प्रेमी रुकुम घर बताउने रमेश विक बिदेशबाट राधाको घरमा आए। उनी राधासँगै घरमा तीन दिन सँगै बसे।
राधा, राधाकी आमा र रमेश तीनजना भएर कपिलवस्तुबाट अर्घाखाँचीको यात्रा तय गरे।सन्धिखर्कबाट ट्याक्सी चढेर राधाको माइती सन्धिखर्क नगरपालिका १२ डिभर्नाको बस्याल टोल पुगे। उता दशैंमा आउँछु भनेर बागलुङ गएका राधिकाका श्रीमान् धनबहादुर घर्तिमगर अचानक घर आए। घरमा श्रीमतीलाई देखेनन्। श्रीमती नदेखेपछि फोन गरे।फोनमा आफूलाई जानकारी नदिइ किन माइति गएको भनेर उनले श्रीमतीलाई सोधे। कुराकानीकै क्रममा वादविवाद भयो। राधिकाले श्रीमानसँग म भोलि आउँछु भनेर भनिन्। त्यतिकैमा कुराकानी सकियो।
धनबहादुर एक्कासी १३ गते साँझ ससुराली डिभर्ना आइपुगे। ससुरुरालीमा श्रीमतिले अर्कै मान्छे लिएर आएको देखेपछि उनीहरु बीच भनाभन सुरु भयो। भनाभन पछिको उग्र रुपले धनबहादुरको हत्या भयो। प्रहरीका अनुसार आमाले जंगलको ठाउँ बताएपछि हत्या गरेर बोरामा बाँधेर जंगलमा फालेको राधा, रमेश र राधाकी आमाले स्वीकार गरेका थिए।
प्रतिक्रिया