रेशम चौधरीलाई सपथ गराइएकोमा विरोध

७ बर्ष अगाडि

काठमाडौं– टीकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीलाई सपथ गराइएकोमा कमल थापा नेतृत्वको राप्रपाले विरोध गरेको छ । 
 अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा चौधरीलाई प्रतिनिधिसभा सदस्य पदको सपथ गराउने कार्यले कानुनी राज्यको सिद्धान्तको गम्भीर उपहास गरेको राप्रपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
चौधरीलाई आज सभामुख कृष्णबहादुर महराले सपथ दिलाएका थिए । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया