काठमाडौं - श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किशान श्रेष्ठले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निर्देशन अबज्ञा गरेका छन् ।
अध्यक्ष नेपालले मन्त्री भएलगत्तै पार्टी कार्यालयमै बोलाएर आफ्नो स्वीकृती लिएर मात्रै स्वीकय सचिवलगायतका सहयोगी राख्न मन्त्रीहरुलाई सामुहिक निर्देशन दिएका थिए ।
माधवले निर्देशन दिएको केही दिनभित्रै मन्त्री श्रेष्ठले आफू सो निर्देशनअनुसार पार्टीले पठाएको मानिस सचिवालयमा नराख्ने भन्दै गृहजिल्ला स्वकीय सचिव नियुक्त गरेका छन् । मन्त्री श्रेष्ठले तनहुँकै जगत खडकालाई स्वकीय सचिवमा दशैं अगावै नियुक्त गरेका हुन् ।
अध्यक्ष नेपालले मन्त्रीहरुको सुराकीका लागि आफू निकट ब्यक्ति पठाउने सूचना पाएको कारण श्रेष्ठले खडकालाई नियुक्त गरेको उनका निकट स्रोतले जनाएको छ ।
प्रतिक्रिया