धनुषामा पुरुषको शव फेला, तेह्रथुम चितवन र रुपन्देहीमा तीनजना मृत फेला

४ बर्ष अगाडि

काठमाडौं - धनुषामा एकजना पुरुषको हत्या गरेको अवस्थामा शव फेला परेको छ । जिल्लाको नगराइन नगरपालिका– ५ गंगुलीमा आइतबार बिहान धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

फेला परेको शव सिरहाको मिर्चैयाका करिब ४० वर्षीय शम्भु पण्डितको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । उनले धारिलो हतियार प्रयोग गरी पण्डितको घाँटी, टाउकोमा प्रहार गरिएको बताए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रानाभाटले बताए ।

यस्तै तेह्रथुम, म्याङलुङ नगरपालिका–९ पाट्टीगाउँ बस्ने ५५ वर्षीया दिल कुमारी लिम्बू आफ्नै घरदेखि करिब २० मिटर टाढा पानीको खाल्टोमा मृत अवस्थामा फेला परेका छन् । घटनाबारे सोधपुछ तथा थप अनुसन्धानका लागि उनकै श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै चितवन, भरतपुर महानगरपालिका–१५ फुलबारी बस्ने ५५ वर्षीय चुडामडी अधिकारी सोही ठाउँस्थित धानखेतमा मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देही, बुटवल उपमहानगरपालिका–२ फुलबारी जाने बाटोमा हाल नाम, थर नखुलका करिब ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया