काठमाडौं - बडादशैं सकिएसँगै शेयर कारोबार पनि आजबाट शुरु भएको छ ।
आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक ५.०४ अंकले बढेको छ । परिसूचक वृद्धि भएसँगै नेप्से २६४४.४१ विन्दुमा आइपुगेको छ । प्रि-ओपन सेसनमा १४ लाख ३९ हजारभन्दा बढी रुपैयाँको शेयर खरीदविक्री भएको छ ।
उक्त अवधिमा १२ ओटा कम्पनीको १६ हजार ४५२ कित्ता शेयर खरीदविक्री भएको छ ।
प्रतिक्रिया