पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना पुष्टि, एकको मृत्यु

४ बर्ष अगाडि

काठमाडौं - पछिल्लो २४ घण्टामा १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१ हजार ४ सय ४६ पीसीआर परीक्षण गर्दा १३६ जना र ३२७ एन्टिजेन परीक्षण गर्दा ११ जना गरी १४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ८४५ जना निको भएका छन् । शनिबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ४ हजार ६५२ पुगेको छ । 

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २७८ पुगेको छ भने ७ लाख ८० हजार ७७६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ५९८ जना रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया