१८ वर्षभन्दा कम उमेरकालाई दिन मिल्ने फाइजर खोप केही दिनभित्रै आउने

४ बर्ष अगाडि

काठमाडौं - कोरोनाविरुद्धको फाइजर खोप केही दिनभित्रै आउने भएको छ । १८ वर्षभन्दा कम उमेरकालाई दिन मिल्ने फाइजर खोप केही दिनभित्रै आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अधिकारीहरुले दशैंअघि नै आउने बताएका थिए । तर‚ द ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन ९गाभी० मार्फत आउने भनिएको १ लाख ६३० डोज फाइजर खोप दशैंका कारण रोकिएको अधिकारीहरुले बताएका छन् ।

नेपालमा हाल भएको भण्डार कक्षमा भण्डार गर्न कतिको उपयुक्त हुन्छ भनी परीक्षणका लागि गाभीले खोप अनुदानमा पठाउन लागेको बताइएको छ । यसरी आउने खोप नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउन लागेको हो । खोप भण्डारण गर्न सरकारले चारवटा कोल चेन तयार गरेको छ ।

ती कोल चेनमा १ लाख डोज खोप भण्डारण क्षमता रहेको छ । यो खोपको सेल्फ लाइफ पूर्णरूपमा कायम गर्न अल्ट्रा कोल्ड चेन माइनस ४४ देखि माइनस ८० सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । फाइजर खोपलाई माइनस १५ देखि २५ डिग्री सेल्सियसमा १४ दिन भण्डारण गर्न सकिन्छ । माइनस २ देखि ८ डिग्री सेल्सियसमा ३१ दिन मात्र राख्न सकिन्छ ।

यो खोप एकपटक अल्ट्रा कोल्ड चेन ९माइनस ४४ देखि माइनस ८० सेल्सियस० बाट २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गरेपछि फेरि माइनस तापक्रममा राख्न हुँदैन । तसर्थ यो खोप प्राप्त भएपछि कार्यक्रम सञ्चालन हुँदा विशेष ध्यान दिनुपर्ने महाशाखाका कर्मचारीहरु बताउँछन् ।

फाइजर खोप अन्य जस्तै एक ब्यक्तिलाई २ मात्रा दिनु पर्छ । हाल प्राप्त हुने १ लाख ६२० मात्रा खोप दुवै मात्रा दिनको लागि सुनिश्चितता गरेर करिव ४५ हजार जनालाई पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा दिनेगरी व्यवस्था गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया