७७७ जना कोरोना संक्रमणमुक्त हुँदा २७२ जनामा संक्रमण पुष्टि, मृत्यु कति ?

४ बर्ष अगाडि

काठमाडौं -   नेपालमा थप २ सय ७२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । ४ हजार ७१२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २४० तथा २ हजार ६२० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल १३ हजार ३०८ जना सक्रिय संक्रमित रहेका छन् । शुक्रबार थप ७ सय ७७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ७९ हजार ९३१ जना संक्रमणमुक्त भइसकेका छन् । 
 
आज थप ८ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ११ हजार २७७ जनाको मृत्यु भइसकेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया