विभिन्न ९ वटा हाइड्रोपावर कम्पनीहरू नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) साधारण सेयर (आईपीओ) निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् ।
१. सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेड
सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सय कित्ता कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोनमा० निवेदन पेश गरेको छ । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
२. मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड
मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँको अकिंत दरको ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न साउन १ गते सेबोनमा निवेदन पेश गरेको छ । कम्पनीले यसअघि नै निष्कासन तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
३. थ्री स्टार हाइड्रोपावर कम्पनी लिमिटेड
थ्री स्टार हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३१ लाख २५ रूपैयाँ बराबरको १२ लाख ३१ हजार २ सय ५० कित्ता आईपीओ निष्कासन गर्न साउन १७ गते, सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ ।
४. राप्ती हाइड्रो एण्ड जनरल कन्सर्टक्सन लिमिटेड
राप्ती हाइड्रो एण्ड जनरल कन्सर्टक्सन लिमिटेडले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ हजार ४ सय १० कित्ता आईपीओ निष्कासन गर्न भदौ ८ गते, सेबोनमा निवेदन पेश गरेको छ । कम्पनीको उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।
५. अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड
अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले १०० रुपैयाँ अंकित दरका ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको कुल ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासनको माग गर्दै कम्पनीले गत चैत १६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले सर्वसाधारण र स्थानीयका लागि आईपीओ निष्कासन गर्नेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।
६. अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेड
अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० करोड रूपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्कासन गर्न जेठ २ गते, सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीको प्रदेश नं। १ अन्तर्गत संखुवासभा जिल्लाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवाखोलामा ८।५ मेगावाट क्षमताको जलविद्युत आयोजना अहिले निर्माणको चरणमा रहेको छ ।
७. विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल माघ १ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।
८. हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड
हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल कार्तिक २७ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम जनता क्यापिटल लिमिटेडले गर्नेछ ।
९. बलेफी हाइड्रोपावर लिमिटेड
बलेफी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोनमा० निवेदन पेश गरेको छ । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
प्रतिक्रिया