विभिन्न ५ वटा लघुवित्त वित्तीय संस्थाहरू नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) साधारण सेयर (आईपीओ) निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् । जसमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् ।
१. राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न असार २४ गते सेबोनमा निवेदन दिएको छ । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
संस्थाको साधारण सेयर ९आईपीओ० लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
२. जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न असार २० गते सेबोनमा निवेदन पेश गरेको छ । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
संस्थाको साधारण सेयर ९आईपीओ० लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
३. उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २ लाख ६६ हजार २ सय ५० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १३ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले गर्नेछ ।
४. सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड
सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता आईपीओ निष्कासन गर्न असोज ११ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ुडबल बी माइनसु रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको पनि यो रेटिङले संकेत गर्दछ ।
५. नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै असार ६ गते सेबोनमा निवेदन पेश गरेको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त भइसकेको छ ।
इक्रा नेपालले आईपीओ कम्पनीको आईपीओलाई ‘इक्रा एनपी–आईआर' बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।
प्रतिक्रिया