चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई एक लाख

४ बर्ष अगाडि

चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङकी बालिकाको परिवारलाई राहत प्रदान गरिएको छ । बन्दीपुर गाउँपालिका र डिभिजन वन कार्यालयले किरिया खर्चबापत बालिकाको परिवारलाई रु एक लाख प्रदान गरेको हो । 

गत सोमबार साँझ चितुवाको आक्रमणमा परी नौ वर्षीया बालिका स्वीकृति थापाको मृत्यु भएको थियो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले मृतक बालिकाको हजुरबुबा यामबहादुरलाई बुधबार उक्त रकम प्रदान गरे । दुवै निकायले राहतस्वरुप तत्कालका लागि रु ५०/५० हजार सहयोग गरेका हुन् । 

वन कार्यालयले रु दश लाख राहत प्रदान गर्ने भएकामा तत्कालका लागि रु ५० हजार वितरण भएकाले थप रु नौ लाख ५० हजार केही दिनभित्र उपलब्ध गराइने बताइएको छ । अध्यक्ष थापाले मानिसको जीवनसँग पैसाको तुलना हुन नसक्ने बताउँदै पीडितलाई मलम लगाउन र सरकार जनताको साथमा छ भन्ने अनुभूति दिलाउन राहत रकम उपलब्ध गराइएको बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया