जाे बनिन् १२ वर्षमै आमा

७ बर्ष अगाडि


हेटौंडा ।१२ वर्ष उमेरकी किशोरीले छोरी जन्माएकी छन् । काठमाडौं थापाथलीस्थित प्रसूतिगृहमा उनले बुधवार दिउँसो करिब सवा ३ बजे छोरी जन्माएकी हुन् ।

कम उमेर भएकाले शारीरिक अंगहरुको विकास नभएको भन्दै उनलाई शल्यक्रिया गरी शिशु जन्माइएको हो । ‘शल्यक्रिया सफल भयो, भाञ्जी जन्मेकी छिन् भन्ने जानकारी आयो,’ मकवानपुरको बिकट राक्सिराङ गाउँपालिका–३, औलेकी गंगामाया चेपाङका दाइ एकराजले भने ।

२ किलो ९ सय ग्रामको शिशु र आमाको स्वास्थ्य अबस्था सामान्य रहेको एकराजले जानकारी दिए । 

२०७४ पुस ८ गते मकवानपुरको कैलाश गाउँपालिका–७ का १८ वर्षका रञ्जितसँग उनको भागी बिहे भएको थियो । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया