पछिल्लो २४ घण्टामा नेपालमा थप ७९२ मा कोरोना पुष्टि, उपत्यकामा कति ?

४ बर्ष अगाडि

पछिल्लो २४ घण्टामा नेपालमा थप ७९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको  छ । पछिल्लो २४ घण्टामा ९ हजार ६ सय १९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

सात हजार ६० जनाको पिसिआर परीक्षण र  २५५९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । नेपालमा हाल १४ हजार ५५४ जना सक्रिय संक्रमित छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ ।

९१० जना निको समेत भएको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.८ प्रतिशत छ । त्यस्तै काठमाडौं उपत्यकामा थप २८७ कोरोना संक्रमित थपिएका छन् । मंगलबार थप २८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये काठमाडौंमा १९३, ललितपुरमा ५१ र भक्तपुरमा ४३ संक्रमित छन् ।

योसँगै उपत्यकामा ३ हजार ३१२ जना सक्रिय संक्रमित छन् । काठमाडौंमा मात्रै एक हजार ८८९ जना, ललितपुरमा ७६३ र भक्तपुरमा ६६० जना सक्रिय संक्रमित छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया