पेट्रोलियम पदार्थको मूल्य घट्यो, हवाई इन्धन र एलपी ग्यासमा केही निर्णय भएन

७ बर्ष अगाडि

काठमाडौँ- नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ । 

समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९५ भएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु ११०, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९७ कायम रहेको थियो । नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनःकमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएका कारण मूल्य घटाइएको हो । हवाई इन्धन र एलपी ग्यासमा मूल्य यथावत राखिएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया