अबदेखि बैंक तथा वित्तीय संस्थाहरुको ऋण लिने ऋणीले भाखा नाघ्नेवित्तिकै सार्वजनिक सूचना जारी गर्न नपाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले कर्जाको भाखा नाघेको कम्तीमा ६ महिनापछि मात्र असुलीका लागि सर्वजनिक सूचना जारी गर्न पाउने व्यवस्था गरेको हो । केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०७७ मा संशोधन गरी उक्त व्यवस्था थप गरेको हो ।
संसोधनमा भाखा नागेको कर्जा संकास्पद वर्गमा समेत वर्गीकरण भएको हुनुपर्नेछ ।
केन्द्रीय बैंकको व्यवस्थामा भनिएको छ, ‘एक वर्ष भन्दा बढी अबधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्बजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई कम्तीमा संकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्नेछ ।’
प्रतिक्रिया