काठमाडौं - साताको दोस्रो कारोबार दिन सोमवार ग्लोबल आइएमई समुन्नत योजना-१ ले शतप्रतिशत लाभांश सार्वजनिक गरेसँगै इकाईमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित उक्त योजनाको इकाईधनीहरुका लागि क्यापिटलले १०० प्रतिशत करसमेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
क्यापिटलको असोज २४ गतेको सञ्चालक समितिको बैठकले बुक क्लोजको मिति भने पछि तय गर्ने गरी उक्त प्रतिफल वितरणको प्रस्ताव गरेको हो ।
शतप्रतिशत प्रतिफल सार्वजनिक भएसँगै यस योजनाको इकाईमूल्य १० प्रतिशत अर्थात् प्रतिइकाई १.९७ ले बढेर अन्तिम इकाईमूल्य २१.६७ कायम भएको छ ।
प्रतिक्रिया