काठमाडौं - रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा आइतवार भएको झडपामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई लुम्बिनी प्रदेश सरकारले १ लाख किरिया खर्च दिने भएको छ।
आइतबार औधागिक ग्राम कब्जा गर्न खोज्ने सुकुम्बासीले प्रहरीलाई पेट्रोल बम प्रहार गरेपछि हिंसा भड्किएको थियो । त्यसक्रममा गोली लागेर ४ जनाको मृत्यु भएको थियो। मृतकका परिवारलाई जनही १(१ लाख दिने निर्णय गरेको लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।
सोमबार बिहान प्रदेशका मुख्यमन्त्री, आन्तरिक मामिला तथा सञ्चार मन्त्री, सुरक्षा परिषद् लगायतको बैठकले सो निर्णय गरेको हो ।
प्रतिक्रिया