जापान नखुल्दै ‘दलाल’ सल्बलाए, ठग्लान् है !

७ बर्ष अगाडि

 काठमाडौं – जापान सरकारले नेपालसहितका देशबाट कामदार लैजाने  निर्णय गरेपछि दलालहरु सल्बलाउन थालेको पाइएको छ । उनीहरुले पत्रपत्रिकामा विज्ञापन नै प्रकाशित गरेर जापन पठाउने प्रक्रिया सुरु भएको भन्दै भ्रम फैलाएका हुन् । 

 वैदेशिक रोजगार विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै  जापानको लागि वैदेशिक रोजगारमा कामदारहरु पठाउने तथा श्रम अनुमति समेत खुलेको भनि प्रकाशित विज्ञापनप्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ । 

यो कार्यमा व्यक्ति÷कम्पनी तथा वैदेशिक रोजगार सञ्चालनको लागि इजाजत प्राप्त संस्थाहरु समेत संलग्न भएको पाइएको विभागले जनाएको छ । 

तर, विभागले हालसम्म नेपालबाट जापानमा वैदेशिक रोजगारका लागि कामदारहरु पठाउने विषयमा कुनै निर्णय भइनसकेको जनाएको छ । 

विज्ञप्तिमा उल्लेख गरिएको छ – यस विषयको निर्णयको पारदर्शिता हुने नै हुँदा जापान पठाउने भनी संस्थागत÷व्यक्तिगत कम्पनीबाट गरिएको सबै क्रियाकलाप कानुन विपरित देखिन आएकोले तत्काल यस्ता गतिविधि नगर्नु÷नगराउनु हुन सबैमा सूचित गरिन्छ ।’
 

७ बर्ष अगाडि

प्रतिक्रिया