प्रि-ओपन सेसन : नेप्सेमा सामान्य सुधार, ७ कम्पनीको शेयर कारोबार

४ बर्ष अगाडि

काठमाडौं - दशै अघिको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्सेमा सामान्य सुधार भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार १८ अंकले घटेर बन्द भएको बजार यस दिन सो सेसनमा ५.०३ अंक बढेर २६६७.५९ विन्दुमा पुगेको हो । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१४ अंक घटेको छ ।

बुधबार प्रि ओपन सेसनमा ७ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये सबै कम्पनीको शेयरमूल्य बढेको छ ।

यस सेसनमा २५ लाख ४१ हजार ९०६ रुपैयाँको शेयर कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया