२ लाख ३७ हजार रकमसहित एक दर्जन जुवाडे पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - २ लाख ३७ हजार रकमसहित एक दर्जन जुवाडेहरु पक्राउ परेका छन् । दार्चुला प्रहरीले सदरमुकाम खलंगाको एक घरमा छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । 

भित्रभित्रै जुवा खेल भइरहेको सुराकीको आधारमा प्रहरीले छापा मारेको हो । प्रहरीले उनीहरुबाट २ लाख ३७ हजार रकमसमेत बरामद गरेको छ । 

विगतदेखि नै जुवा खेलाइरहेको भन्दै प्रहरीले लामो समयदेखि निगरानी गर्दैै आएको जनाएको छ । प्रहरीले दशैतिहारको पूर्वसन्ध्यामा जुवा घरमा छापा हान्ने गरेको छ । 

पक्राउ परेकाहरुको नाम प्रहरीले खुलाएको छैन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया