आजबाट निष्काशनमा आयो एक्सेल डेभलपमेन्ट बैंकको २४ लाख ३३ हजार बढि कित्ता हकप्रद सेयर

४ बर्ष अगाडि

काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आजबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको छ । 

बैंकले हाल कायम चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको २४ लाख ३३ हजार ३ सय ६३.६७४२ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

बैंकले हकप्रद प्रयोजनका लागि असोज १ गते एक दिन बुकक्लोज गरेको थियो त्यसैले, भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र यो हकप्रद सेयर भर्न पाउनेछन् ।

त्यसैगरी, बैंकले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया