भारतीय शेयर बजारमा आइपिओ लिस्टिङपछि लगातार ५ दिन सर्किट लग्दा नयाँ रेकर्ड

४ बर्ष अगाडि

एजेन्सी - भारतीय शेयर बजारमा आइपिओ लिस्टिङपछि लगातार पाँच दिन सर्किट लग्दा नयाँ रेकर्ड बनेको छ। पारस डिफेन्सको शेयरमा लगातार पाँच दिन सर्किट लागेको हो । 

यस अघि कुनै पनि शेयरमा लिष्टिङपछि लगातार पाँच दिन अपर सर्किट लागेको थिएन । यस अघि कुनै पनि शेयरको लिष्टिङपछि दुईदेखि तीन दिनसम्म मात्रै अपर सर्किट लाग्दै आएको थियो । 

बर्गर किङको शेयर लिष्टिङपछि तीन दिनसम्म अपर सर्किट लागेको थियो । जोमैटोको शेयरमा पनि एक दिनमात्रै सर्किट लागेको थियो । तर पारस डिफेन्सको शेयरमा भने लगातार पाँच दिनसम्म सर्किट लागेको हो ।  

पारस डिफेन्सको शेयरमा लिष्टिङपछि मात्रै कारोबारमा मात्रै रेकर्ड बनेको होइन उसको आइपिओ बिक्रीमा समेत रेकर्ड ब्रेक भएको थियो । उसले सेप्टेम्बर २१ देखि २३ सम्म यसको आइपिओ खुलेको थियो । जसमा ३०४ गुणा भन्दा बढी आवेदन परेको थियो ।

भारतमा एक दिनमा पाँच प्रतिशत मात्रै कुनै पनि कम्पनीको शेयर मूल्य बढ्न सक्ने प्रावधान छ । सोही अनुसार नै उसको हरेक दिन पाँच प्रतिशत वृद्धि हुँदै आएको हो । 

उसको प्रति शेयर मूल्य चार सय ७५ रुपैयाँ प्रति कित्ताको दरले शेयर लिष्टिङ भएको हो । शुक्रवारसम्म लगातार पाँच प्रतिशतका दरले मूल्य बढ्दा कम्पनीको मूल्य ६ सय ३६ रुपैयाँमा उक्लिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया